प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन

पाेखरा | जेठ २०, २०८१

प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन

पोखरा:    गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेलमा घरेलु टोली म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ ।


प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न फाइनल स्पर्धामा कास्कीलाई झिनो ३ अंकले  अग्रता लिदैं च्याम्पियन भएको हो । 


शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि दोस्रो दिन अन्तिम खेल बाँकी हुँदा म्याग्दी ‘ए’ ८७ का विरुद्ध ९० अंक प्राप्त गर्दै च्याम्पियन भयो ।


निकै प्रतिस्पर्धात्मक खेलमा तेस्रो स्थान प्राप्त गरेको मुस्ताङ जिल्लाले ८६ अंक बटुल्यो ।


च्याम्पियन भएको म्याग्दीले नगद रु ७५ हजार, कास्कीले नगद रु ५० हजार र मुस्ताङले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।


प्रतियोगितामा म्याग्दी ‘ए’का विकल जुग्जाली सर्वश्रेष्ठ धर्नुधर घोषित हुँदै नगद रु ५ हजार विशिस्ट धर्नुधर भएका मुस्ताङका एरवेज गर्वुजाले नगद रु ३ हजार प्राप्त गरे ।


प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य गिरमान गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसाल, म्याग्दी खेलकुद विकासका अध्यक्ष दिनेश केसी, परिषदका लेखा प्रमुख निलकण्ठ ढकाललगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।


समापन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं परिषदका सदस्य योगेन्द्र शेरचनले प्रतियोगिता सफल बनाउन भूमिका खेल्नेहरु प्रति आभार व्यक्त गर्दै चौथो सस्करणका लागि जुट्न सबैलाई आग्रह गरे ।


प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ६ जिल्लाका ४२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । 

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्